MENU

हिमाल आरोहण गर्न लागेका रुसी टोलीलाई प्रतिबन्ध लगाउन युक्रेनको आग्रह

Ukraine requests Nepal to stop Russian Mountain climbers
Ukraine requests Nepal to stop Russian Mountain climbers

काठमाडौं– युक्रेनले नेपालका हिमाल आरोहण गर्न लागेका रुसी पर्वतारोहण टोलीलाई प्रतिबन्ध लगाउन पुन: आग्रह गरेको छ।

युक्रेनी कूटनीतिज्ञ र पर्वतारोहीहरूले रुसी नागरिकलाई पर्वतारोहण गर्न प्रतिबन्ध लगाउन आह्वान गरे पनि नेपालले यस वसन्तमा ९ जनालाई अनुमति दिएको बताइएको छ।

एक रुसी पर्वतारोहीले अन्नपूर्ण (८,०९१ मिटर) आरोहण गर्न अनुमति पाएका छन् भने अन्य आठ जनालाई ६,५०० मिटरभन्दा मुनिका चुचुराहरूको लागि अनुमति दिइएको छ।

दिल्लीस्थित युक्रेनी दूतावासले नेपाल सरकारलाई दिएको कूटनीतिक नोटमा धेरै अन्तर्राष्ट्रिय खेलकुद महासंघले रुसी खेलाडीलाई प्रतिबन्ध लगाएको स्मरण दिँदै उनीहरुलाई सगरमाथा आरोहण गर्नबाट पनि रोक्नुपर्ने उल्लेख छ।

पत्रमा भनिएको छ,‘माथिको कुरालाई ध्यानमा राखी रुसी पर्वतारोहण टोलीलाई युक्रेनमा रुसीे आक्रमणको अन्त्य नभएसम्म प्रतिबन्ध लगाउन नेपालीपक्षलाई विनम्र अनुरोध छ।’

दिल्लीस्थित युक्रेनी दूतावासले भारतको राजधानीमा रहेको नेपाली दूतावासलाई मार्च २१ मा रुसी पर्वतारोहण टोलीलाई प्रतिबन्ध लगाउन अनुरोध गरेको बताएको छ।