MENU

अस्ट्रेलिया-नेपाल नियमित उडान अनिश्चित; तीन देशसँग उडान थाल्ने अस्ट्रेलियाको तयारी

The Nepal Airlines repatriation flight from Sydney to Kathmandu June 23

सिड्नी । नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा अस्ट्रेलिया-नेपाल नियमित हवाई उडान प्रभावित बनेको छ । जसले गर्दा अस्ट्रेलियाको नियमित उडानको पर्खाइमा रहेका अन्तराष्ट्रिय विध्यार्थीहरु समेत मारमा परेका छन् ।

अस्ट्रेलियामा भाइरस संक्रमण शुन्यमा झरेपछि संक्रमण कम भएका देशहरुसंग अस्ट्रेलियाले अन्तराष्ट्रिय हवाई उडान शुरु गर्नै तयारी थालेको छ ।

आप्रवासन तथा अध्यागमन मन्त्रालयका अनुसार पहिलो चरणमा जापान, सिंगापुर र दक्षिण कोरिया जस्ता भाइरस संक्रमणको कम जोखिम भएका देशहरुमा नियमित उडानको तयारी भइरहेको छ ।

नेपालले नियमित हवाई उडान शुरु गर्दै

कोरोना महामारीका कारण बन्द गरिएका दक्षिण एसिया लगायत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सुरु हुने भएको छ । यता अस्ट्रेलियाले भने हवाई उडान तत्काल शुरु गर्नै देशको सूचीमा नेपाललाई राखेको छैन ।

सिंहदरबारमा आइतबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले हाल खुल्ला गरिएका नियमित उडानका अतिरिक्त दक्षिण एसिया लगायत अन्य उपयुक्त गन्तव्य स्थानहरुमा नियमित हवाई उडान सुरु गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

चार्टर्ड उडान स्थगित

हालसम्म १ लाख ३६ हजार २ सय १६ नेपालीको उद्दार भइसकेको र कुटनीतिक नियोगबाट उद्दारका काम सकिएको जानकारी आएकाले कोहि नेपालीको उद्दार गर्नुपर्ने भए नियमित उडानबाटै समायोजन गरेर उद्दार गर्ने तथा उद्दारका लागि अव थप उडान नगर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।