MENU

आफ्नो खाता सुरक्षित राख्न कमनवेल्थ बैंकको आग्रह; अकाउण्ट भेरीफाइ ईमेल नखोल्नुहाेस्

Commonwealth Bank

सिड्नी । कमनवेल्थ बैंकको ग्राहाक हुनुन्छ र तपाँईको ईमेलमा सो बैंकको नाममा अकाउण्ट भेरीफाई गर्ने कुनै ईमेल प्राप्त गर्नुभयो भने त्यस्ता ईमेललाई नखोल्नु होला ।

अस्ट्रेलियाको कमनवेल्थ बैंकले त्यस्ता ईमेलहरु ठगी गर्ने उदेश्यले आफ्ना ग्राहकहरुलाई गएको भन्दै सचेत गराएको छ ।

कमनवेल्थ बैंकको ठगीसम्बन्धि विषय हेर्ने विभागले जनाए अनुसार जुन ईमेल होक्स अर्थात ठगी गर्ने उदेश्यले पठाएको जानकारी गराएको छ ।

बैंकले आएका त्यस्ता इमेललाई नखोल्न तथा लिंकमा क्लिक गरेको भए कस्टमर सर्भिसको १३२२२१ मा सम्पर्क गरी आफ्नो खाता सुरक्षित राख्न आग्रह गरेको छ ।

यसका साथै बैंकले त्यस्ता गतिविधि देखिएका बैंक खाता सुरक्षाका लागि तत्कालका लागि निस्कृय पारेको तथा खातालाई प्रमाणित गर्न आग्रह गरेको छ ।

Urgent warning over Comm Bank email scam