MENU

भिक्टोरियाका राज्य प्रमुखले दिए बडा दसैंको शुभकामना ; फरक ढङ्गले दसैं मनाउन आग्रह 

सिड्नी । अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयूजले  भिक्टाेरियाबासी  नेपाली समुदायलाई दशैको शुभकामना दिएका छन् ।
यो समय हाम्रो राज्यमा बस्ने नेपाली समुदायहरूका विशेष दिनहरू भएको भन्दै एन्ड्रयूजले विगतको जस्तो सामान्य ढंगले नभई यसबर्ष फरक ढंगले दसैँ मनाउन  भिक्टाेरियाबासी नेपाली समुदायलाइ आग्रह गरेका छन् ।
राज्यसरकारले जारी गरेको कोरोना भाइरस नियन्त्रणका प्रतिबन्धहरु पालना गर्दै नेपाली समुदायले भिक्टोरियामा दसैँ मनाउने हो भने आफू र समुदायलाई सुरक्षित राख्न सकिन्छ । किनकि  भिक्टोरिया राज्यमा कोभिड सङ्क्रमण अझै रोकिएको छैन ।