MENU

अस्ट्रेलियाको न्यु साउथ वेल्समा स्वैच्छिक मृत्यु सम्बन्धी कानुनलाई पारित

The voluntary assisted dying bill successfully passed from the NSW parliament on Thursday 19 May 2022, terminally ill people, NSW Member for Sydney Alex Greenwich
The voluntary assisted dying bill successfully passed from the NSW parliament on Thursday 19 May 2022

गत बिहीबार, मे १९ तारिखमा, न्यु साउथ वेल्सले स्वैच्छिक मृत्यु सम्बन्धी कानुनलाई पारित गरेको छ।

स्वैच्छिक मृत्युलाई सहायता गर्न पाउने कानुन पारित गर्ने न्यु साउथ वेल्स अन्तिम राज्य बनेको छ।  दस घण्टाको लामो बहस पछि सुनाइएको यो फैसला, अस्ट्रेलियाका अन्य राज्यहरूमा लागु भइसकेको छ।

उक्त विधेयकलाई गत वर्ष अक्टोबर महिनामा स्वतन्त्र सांसद एलेक्स ग्रेनिचले पेस गरेका थिए।

बुधबार मे १८ तारिखमा, न्यु साउथ वेल्सको माथिल्लो सदन अर्थात् वैधानिक परिषद्ले करिब १०० वटा संशोधनहरू माथि लगभग १० घण्टा लामो छलफल गरेका थिए।

गम्भीर किसिमका निको नहुने रोग लागेका र कुनै न्युरोडिजेनेरेटिभ अवस्थाका कारण ६ महिना या एक वर्ष भित्र मृत्यु हुने भनिएका मानिसहरूले यस कानुनको प्रयोग गर्न सक्दछन्।

भिक्टोरियाले यस कानुनलाई सन् २०१७ मा भने वेस्टर्न अस्ट्रेलियाले सन् २०१९ मा पारित गरेको थियो। त्यस्तै, टास्मेनिया, साउथ अस्ट्रेलिया र क्वीन्सल्यान्डले गत वर्ष पारित गरेका थिए।

सङ्घीय कानुन अन्तर्गत, अस्ट्रेलियाका दुवै प्रदेश – अस्ट्रेलियन क्यापिटल टेरिटरी र नर्दन टेरिटरीमा इच्छा मृत्यु र स्वैच्छिक मृत्युको सहायता, दुवै अवैध छन्।