MENU

पर्थमा एक जना कोभिड संक्रमित भेटिदा पाँच दिने लकडाउनको घोषणा

Five-days lockdown introduced for the Perth, Peel and South West regions to stop the spread of COVID-19 from 6 pm Sunday 31 January 2021
Five-days lockdown introduced for the Perth, Peel and South West regions to stop the spread of COVID-19 from 6 pm Sunday 31 January 2021

पर्थ । वेस्टर्न अस्ट्रेलियामा १० महिना पछि समुदायस्तरमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेपछि पर्थ, पिल र साउथ वेस्टमा पाँचदिने लकडाउनको घोषणा गरिएको छ ।

प्रिमियर मार्क म्याकगोवानले आकस्मिक पत्रकार सम्मेलनका क्रममा घोषणा गरेको लकडाउन आईबार राती ६ बजेबाट लागू हुनेछ । पर्थको एक क्वारेन्टाइन होटलका एक सुरक्षागार्ड कोरोना भाइरसबाट संक्रमित भएपछि लकडाउनको घोषणा गरिएको हो ।

उक्त सुरक्षागार्ड मेल्याण्ड्समा अन्य तीनजनासंगै बस्दै आएका थिए र उनीहरुलाई होटेल क्वारेन्टाइनमा राखिएको छ । उनीहरुमा भने भाइरस भेटिएको छैन् । संक्रमित व्यक्ति शेराटन फोर पोइन्टस् होटेलमा कार्यरत थिए र जनवरी २८ मा विरामी परेका थिए तथा उनलाई गएराती नै संक्रमण भएको पुष्टि गरिएको थियो ।

शेराटन होटेलमा उक्त समयमा चारजना कोरोना भाइरस संक्रमित रहेका थिए र उनीहरुमध्ये दुई जनालाई बेलायतमा भेटिएको प्रजातीबाट संक्रमित थिए भने एक जनामा दक्षिण अफ्रिकी प्रजाती भेटिएको थियो । यस अघि उक्त सुरक्षाकर्मीलाई जनवरी १५, १७ र २३ तारिखमा परिक्षण गर्दा कोरोना भाइरस नकारात्मक देखाएको थियो ।

स्वास्थ्य विभागले उक्त व्यक्तिले भ्रमण गरेको स्थानहरुको सुची सार्वजनिक गरेको जसमा मेल्याण्ड्सलाई विशेष प्राथमिकतामा राख्दै उक्त व्यक्तिमा कोरोना सरेको आशंका गरेको छ । उनलाई जनवरी २६ वा २७ तारिखमा कोरोना लागेको आशंका गरिएको छ । रिक्सा समेत चलाउदै आएका उक्त सुरक्षागार्डले जनवरी २२ तारिखमा अन्तिम पटक रातीमा काम गरेका थिए ।

लकडाउनमा यी कुराहरू गर्न प्रतिबन्ध छ

प्रिमियर म्याकगोवनले घोषणा गरे अनुसार घरबाट निस्कने व्यक्तिले मास्क प्रयोग गर्नु अनिवार्य छ भने घरबाटै काम गर्नलाई प्रोत्साहन गरिने बताए । वेस्ट अस्ट्रेलियामा बस्नेहरुलाई भने किनमेलका लागि बाहिर जान अनुमति दिइएको छ ।

पाँच दिने लकडाउनका क्रममा पर्थ महानगर अन्तर्गतका पब, बार, क्लब, जिम, खेलमैदान, स्केट पार्क तथा मनोरन्जनस्थलहरु बन्द गरिनेछन् । त्यसैगरी धार्मिक स्थल, पुस्तकालय र सांस्कृतिक संस्थाहरु पनि बन्द गरिनेछन् । रेस्टुरेन्ट र क्याफेले केवल टेकअवेको सुविधा दिनुपर्नेछ ।

विद्यालयको विदा एक हप्ताको लागि लम्ब्याइएको छ भने दाहसंस्कारमा जम्मा १० जनालाई अनुमति दिइनेछ भने वैवाहिक कार्यमा रोक लगाइएको छ ।

आकस्मिक अवस्थामा बाहेका पाहुनाको आगमन तथा वृद्धाश्रम नर्सिङहाेम जानबाट रोक लगाइएको