MENU

एनआरएनए महिला फोरमको, नेपालमा क्वारेण्टिनमै बलात्कारप्रति आपत्ति

गैरआवासीय नेपाली संघ महिला विभागले नेपालका क्वारेन्टिमा भएको सामुहिक बलात्कारको घटनाप्रति आपत्ति प्रकट गरेको छ।

एनआरएनए आइसीसीको महिला फोरमको यही जुन १७ बसेको आकस्मिक बैठकले कैलाली स्थित क्वारेण्टिन भित्रै एक महिना माथि भएको बलात्कारको घटनाको भत्सर्ना गर्दै आपत्ति प्रकट गर्ने निर्णय भएको समितिद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले, दोषीहरुलाई आवश्यक छानवीन गरि कडा भन्दा कडा कारबाही र पीडितको स्वतन्त्रपुर्वक बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्न माग समेत गरेको छ।

महिला संयोजक भोमा लिम्बुको अध्यक्षतामा बसेको बैठकमा संघका ६ वटै क्षेत्रका क्षेत्रीय महिला संयोजकहरु उपस्थित रहेको बताइएको छ ।