MENU

नेपालमा कोरोना संक्रमितको संख्या ६०० नाघ्यो

आइतबार थप १९ जनामा कोरोना भाइरस कोभिड—१९ संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ ।

काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मोरङ बारादशी—३ का ४५ वर्षीय पुरुष, बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

उता, रुपन्देहीको समरिमाई—५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुष तथा गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कपिलवस्तुका ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिनुभयो ।