MENU

उत्तरी तास्मानियाको उदाहरणीय नेपाली भाषालय

Chhatra Shankar
Editor at Nepalese Australian

उत्तरी तास्मानियाको ऐतिहासिक नगरी लनसेस्टनमा संचालित नेपाली भाषालयले हजुरबा र नातीपुस्ताको संचारलाई जोडेको छ । भाषालयले विद्यार्थीलाई कखरा मात्र सिकाएको छैन, नेपाली कला र सँस्कृति प्रतिको मोह जगाएको छ ।

Nepalese Children at Nepali Language School Managed by Nepali Society of Northern

Nepalese Children Learning Nepali Language, School is Managed by Nepali Society of Northern Tasmania

तास्मानिया । देश एउटै भएपनि समुद्रपारीको टापु राज्य तास्मानिया । पछिल्लो समय नेपालीहरुका लागि पानीको पधेरो जस्तै भएको छ, तास्मानिया । नेपालीहरुको बढ्दो जनसंख्यासँगै तास्मानियाका विभिन्न शहरहरुमा नेपालीहरुले आफ्नै पहिचान मात्र बनाएका छैनन् । कलिला नानी बावुहरुका लागि नेपाली भाषालय समेत चलाएका छन ।

उत्तरी तास्मानियाको ऐतिहासीक नगरी लनसेस्टनमा संचालित नेपाली भाषालयले हजुरबा र नातीपुस्ताको संचारलाई जोडेको छ । भाषालयले विद्यार्थीलाई कखरा मात्र सिकाएको छैन, नेपाली कला र सँस्कृति प्रतिको मोह जगाएको छ ।

कसरी शुरु भयो नेपाली भाषालय ?

नेपाली समूदायको भाषा तथा संस्कृति जर्नेना गर्ने उदेश्यले सन् २०१८ मा नेपाली सोसाईटी अफ नर्दन तास्मानिया गठन भएको थियो । सस्थापक अध्यक्ष सन्तोष अधिकारीको नेतृत्वको टिमले प्रबासमा, नेपाली सँस्कृतिको प्रर्वद्धन तथा संरक्षणका लागि लाउन्सेस्टन क्षेत्रमा सक्रिय भूमिका खेल्यो । त्यति वेलासम्म अधिकारीलाई यो क्षेत्रका नेपाली बालवालिकाका लागि केही गर्नुपर्छ भन्ने सोच आईसकेको थियो ।

नेपाली सोसाईटी अफ नर्दन तास्मानियाका सस्थापक अध्यक्ष सन्तोष अधिकारी भन्छन, “बच्चाहरुलाई नेपालमा बुवाआमासँग कुरा गर्न सजिलो होस भन्ने उदेश्यले भाषाको माध्यमबाट नेपाली सँस्कृति सिकाउन भाषा बिद्यालयको आवश्यकता महशुस गरियो । बुवा आमालाई अंग्रेजी सिकाउन सकिदैन बरु नानीहरुलाई नेपाली सिकाउन सकिन्छ भन्ने बहस चलिरहेको थियो ।”

तर उनलाई साथ दिने समाजसेवी हातको खाँचो थियो । ढुंगा खोज्दा देउता मिल्योु भने झै समाजसेवी अधिकारीले त्यही वीचमा शिक्षा शास्त्र केन्द्रीय विभाग किर्तिपुरका उप(म्प्रयाध्यापक नवराज मुडवरीको साथ पाए । नवराज युनिर्भसिटी अफ तास्मानियामा पिएचडी गर्न एडिलेडबाट लाउन्सेस्टन झरेका थिए ।

मुडवरीले सन् २०१४ मा ईथिनिक्स स्कुल अफ साउथ अस्ट्रेलिया तालिम लिएका थिए । नेपाली भाषालयको जन्मदिनको स्मरण गदै अधिकारी थप्छन नवराज मुडवरील तालिम लिएको छु म पढाउन पनि निशुल्क समय दिन्छु भनेपछि हामीले ठूलो भरोषा पायौं । त्यसैले हामी द्वयले सिटी काउन्सिलसँग हल र शुरुवातका दिनमा केही सहयोगका लागि प्रस्ताव ग¥यौ ।

हाम्रो प्रस्तावलाई सिटी काउन्सिलले सरकारात्मक लिएपछि । हामीले सन् २०१८ को डिसेम्वरमा सिटी काउन्सिलका मेयरलाई नै बोलाएर नेपाली भाषालय शुरु गरेका हौ । सायद काउन्सिलले सहयोग गरेमध्ये कै भाषा बिद्यालय उत्कृष्ट कार्यक्रम हुनुपर्छ सन्तोष अधिकारीले भने ।

नवराज मुडवरीले भन्छन, मैलैले भाषालयको शुरुवात गर्नुपर्छ भनेर नेपाली सोसाईटी अफ नर्दन तास्मानियामा ६ महिनासम्म निशुल्क पढाउने बचन दिएपनि नौ महिना भन्दा बढी पढाए । उहाँहरुले नै मलाई ब्यवस्थापपनको जिम्मा दिनुभयो । आफ्नो सवै काम छोडेर स्थापना गरिएको भाषालय अहिले साँचिकै उदारणीय बनेको देख्दा गर्व लाग्छ ।

उद्घाटन गरेको केही महिना पछि सिटी काउन्सिलले भाषालय संचालनका लागि पाँच हजार डलर दिएको थियो । नवराज स्थपनाको एक बर्ष भाषालयमा भोलियन्टरी काम गर्थे र उनलाई साथ दिएका थिए ओमकुमार मगरले । ओमकुमार अहिले नेपाली सोसाईटी अफ नर्दन तास्मानियाको अध्यक्ष छन भने भाषालयमा विगत दुईबर्षदेखि बिना शुल्क पढाईरहेका छन् ।

नेपाली भाषालयमा कसरी पढाईन्छ ?

नेपाली सोसाईटी अफ नर्दन तास्मानियाका अध्यक्ष तथा नेपाली भाषालयका संयोजक ओमकुमार मगरका अनुसार भाषालयमा ३५ जना नियमित बिद्यार्थीहरु पढ्छन । अस्ट्रेलियाको नेपाली समाजमा हजुरबा र नाती पुस्तामा संचारको समस्या भएको कारण भाषालयमा विद्यार्थीहरुलाई नेपाली अक्षर देखि लिएर नेपालको भूगोल, नेपाली राष्ट्रिय चिन्ह, धर्मसँस्कृति पोशाक र खानपिनका बारेमा जानकारी गराईन्छ । हरेक शनिवार बिहान दुई घण्टा संचालन हुने भाषालयमा विद्यार्थीहरुले एक घण्टा अंक र अक्षर सिक्छन भने बाँकी एक घण्टा नेपाली परम्परा झल्कने गित संगित र नृत्यमा रमाउने गर्दछन ।

उनीहरु नेपाली संगीतमा नृत्य गर्न सक्ने भएका छन् । भाषालयका विद्यार्थी नेपाली लेख्न र बोल्न सक्ने मात्र, भएका छैनन, उनीहरुमा नेपाली कला सँस्कृति प्रतिको मोह बढ्न थालेको ओमकुमार बताउछन । अंग्रेजी मात्र हेर्ने बच्चाहरु अहिले युटुवमा नेपाली गीत र चलचित्र पनि हेर्न थालेका छन् । भाषालयमा हाल ओमकुमार सहित कला पाठक र प्रेम भट्राईले विद्यार्थीहरुलाई ज्ञान बाढिरहेका छन भने ओबेत साम्पाङ र सुनिता लामाले संगित प्रशिक्षण दिने गरेका छन् ।

के भन्छन अविभावकहरु ?

उत्तरी तास्मानियाको लाउन्सेस्टन भाषा बिद्यालयबाट आफ्ना बच्चाहरुमा आएको परिवर्तनले अधिकांश अविभाकहरु दंग छन् ।

घरमा अंग्रेजी मात्र बोल्ने बच्चा भाषालय गएपछि नेपालीमा बोल्न सक्ने भएपछि नवराज दर्लामी भन्छन, “यो नेपाली भाषालय हप्तामा दुई घण्टा मात्र नभएर अन्य कक्षाहरु पनि थप्दा राम्रो हुने थियो । मेरो बच्चा अहिले नेपालीमै बोल्न सक्ने भएको छ म त्यसमै खुशी छु ।” 

दर्लामी जस्तै अर्को अबिभाबक रबी शाहलाई तास्मानिया आउदा छोराले नेपाली भाषा र संस्कृति बिर्सन्छ की भन्ने ठूलो डर थियो ।

तर, समूदायमा खुलेको नेपाली भाषालयमा छोरालाई भर्ना गर्न पाउदा खुशी लागेको छ रवी भन्छनः मेरो छोरा अहिले नेपाली चिन्न र केही शब्द लेख्न सक्ने भएको छ ।

यो नेपाली भाषालयले नेपाली नानीबावुहरु मात्र नभएर तीनका अविभावकहरुमा, समाजिक एकता र सद्भाव बढाएको छ । त्यसैले यही जन्मिएका नेपाली नानीबावुहरुलाई नेपाली भाषामा प्रोत्साहीत गर्नुपर्छ अन्यथा आफ्नै परिवार भित्रपनि संचारको ठूलो खाडल हुनसक्छ, भाषाले बच्चालाई भारी हुँदैन ।

याे पनि पढ्नुहाेस् ।

नेपाली बोल्न, पढ्न र लेख्न सिकाउनु शब्दमालाको मुख्य उद्देश्य हो