MENU

 एनआरएनएको मानसिक स्वास्थ्य अभियान; सिड्नीमा १६ जनालाई फस्ट एड तालिम

Mental Health Fiest Aid Training for Nepalese Community Members
Mental Health First Aid Training for Nepalese Community members at Kogarah South Sydney

सिड्नी । गैर अवासीय नेपाली संघ न्यू साउथ वेल्स राज्य समिति र अस्ट्रेलिया नेप्लिज पब्लिक लिंकको आयोजनामा मानसिक स्वास्थ्य प्राथमिक उपचार (मेन्टल हेल्थ फस्ट एड)तालिम  दक्षिण सिड्नीको कोग्रामा सम्पन्न भएको छ ।

११ र १२ जुलाइमा भएकाे दुई दिने मेन्टल हेल्थ फस्ट एड तालिममा १६ जना सहभागीलाई मेन्टल हेल्थ  बिज्ञ भरत नेपालले  प्रशिक्षण दिएका थिए ।

उक्त तालिममा सहभागिहरूले मानसिक स्वास्थ्यसँग सम्बन्धित समश्याहरू,  समश्या भोगिरहेका व्यक्तिलाई गर्नु पर्ने ब्यवहार,  परामर्श, प्राथमिक उपचारका सीपहरू र  अस्ट्रेलियमा उपलब्ध मानसिक स्वास्थ्य सेवाहरूको बारेमा  जानकारी लिएकाे प्रशिक्षक भरत नेपालले नेप्लिज अस्ट्रेलियन लाई बताए ।

याे एकृडेटेड तालिम प्राप्त ब्यक्तिले समुदायमा वा कार्यस्थलमा मानसिक स्वास्थ्यसँग सम्बन्धित बिषयमा प्राथमिक उपचार (फस्ट एड) दिन पाउँछ ।

तालिमको समापन गर्दै एनआरएनए  न्यू साउथ  वेल्स राज्यका संयोजक देव गुरूङले पछिल्लो समय नेपाली समूदायमा पनि मानसिक  स्वास्थ्यका समस्याहरू बढ्न थालेकाे भन्दै यस्ता तालिमले समाजमा जनचेतान फैल्याउन मद्त गर्ने बताए ।

समूदायमा मानसिक   स्वास्थ्य  सम्बन्धि समस्या  भएपनि लुकाउने गरेकाले मेन्टल हेल्थ फस्ट एड तालिम लिएकाहरूले उनीहरूको पहिचान गरी  रोगको सामनामा सहयोग पुर्याउन तालिमका सहभागिहरुलाई  गुरूङले अनुरोध गरे।  न्यू साउथ वेल्समा नेपाली समूदायलाई मानसिक रूपमा स्वास्थ्य राख्न यस्ता अभियानहरू निरन्तर गरिने  गुरूङले बताए ।

एनआरएनए न्यू साउथ वेल्स राज्यका सहसंयोजक चुना क्षेत्रीले  तालिममा सहभागी हुन धेरैले रूची देखाएपनि सिमित सिटका कारण सवैलाई सहभागी गराउन नसकिएको  बताए । समापन कर्यक्रममा न्यु साउथ वेल्सका महाबाणिज्यदुत दिपक खड्का, एन आर एन अस्ट्रलियाका प्रवक्ता नन्द गुरुङको पनि सहभागिता हरेको थियो ।

तथ्याकं हेर्ने हो  भने अस्ट्रेलियमा लगभग २० प्रतिशत मानिसहरूले मानसिक रोगको अनुभव गरेका हुन्छन । मानसिक स्वास्थ्य प्राथमिक चिकित्सा एमएचएफएको तालिमले  मानसिक स्वास्थ्यँँ सम्बन्धि व्यावहारिक प्राथमिक उपचार बिधि सिकेको तालिमका सहभागिहरूले बताए ।

रेजल श्रेष्ठले  मानसिक  स्वास्थ्य   समस्या भएका ब्याक्तिहरूलाइ कस्तो  ब्यवाहर गर्नै, प्राथमिक उपचार, उनीहरूके लक्षणाहरू के के हुन र कसरी परामर्श दिने देखि लिएर उनीहरूके स्वास्थ्य अवस्था हेरी कहाँ पठाउने बारे  प्रशिक्षित भएकाे बताए ।

गैर अवासीय नेपाली संघ अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य समितिले अगस्टकाे दोस्रो हप्ता पनि मेन्टल हेल्थ फस्ट एड तालिमकाे आयोजना गर्दैछ ।