MENU

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो


नेपालमा बुधबार थप २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवलपरासी पश्चिममा १ जना संक्रमित कभेटिएको जानकारी दिएका हुन् ।

बुधबार पुष्टि भएका २५ संक्रमितमध्ये ७ महिला र १८ जना पुरुष रहेको प्रवक्त देवकोटाले जानकारी दिए।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२७ पुगेको छ ।