MENU

अरविन्द केजरीवाल : दिल्लीको मुख्यमन्त्रीमा ह्याट्रिक

दिल्ली विधानसभा चुनावमा आमआदमी पार्टीले अत्यधिक बहुमतले विजय हासिल गरेको छ । यसपटक पनि दिल्लीको सत्ता आमआदमी पार्टीको हातमै रहेको छ ।

 

 

भारतीय जनता पार्टीलाई ८ सिट प्राप्त भएको छ भने कांग्रेस पार्टीले यसपटक पनि कुनै सिट जित्न सकेन ।

 

भारतीय जनता पार्टीले यसअघि तीन सिट जितेकोमा यसपटक ५ सिट बढाएर ८ पुर्‍याएको हो । सन् २०१५ को चुनावमा ६७ सिट जितेको आमआदमी पार्टीले यसपटक भने ५ सिट गुमाउँदै ६२ सिट जितेको छ ।

 

 

यसअघि बीजेपीका दिल्ली अध्यक्ष मनोज तिवारीले ४८ सिट जित्ने दाबी गरेका थिए ।

 

 

यससँगै अब अरविन्द केजरीवाल तेस्रोपटक दिल्लीको मुख्यमन्त्री बन्ने भएका छन् । यो आमआदमी पार्टीको लगातार तेस्रो जित हो ।

 

 

जितपछि अरविन्द केजरिवाल र उनको आमआदमी पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।–एजेन्सी