MENU

चीन अष्ट्रेलियाको साझेदार हो, प्रतिस्पर्धी होइन : वाङ यी

Chinese Foreign Minister Wang Yi met with Australian Foreign Minister Penny Wong at the latter's request on the sidelines of the G20 Foreign Ministers' Meeting on the Bali Island.
Chinese Foreign Minister Wang Yi met with Australian Foreign Minister Penny Wong at the G20 Foreign Ministers’ Meeting on Bali Island.

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन अष्ट्रेलियाको प्रतिस्पर्धी नभई साझेदार मुलुक भएको बताएका छन्। अष्ट्रेलियाली समकक्षी पेनी वोङसँग इन्डोनेसियाको बालीमा जी–२० सम्मेलनको साइडलाइन भेटवार्तामा उनले यस्तो बताएका हुन्।

भेटमा दुवै पक्ष द्विपक्षीय सम्बन्ध सुधार गर्ने र जारी अवरोध हटाउन सहमत भएका छन् । चीनको आधिकारिक समाचार च्यानल सीजीटीएनका अनुसार वाङ यीले चीन–अष्ट्रेलिया सम्बन्धले चुनौती र अवसर दुवै सामना गरेको बताए।

दुई देशबीचको सुमधुर सम्बन्धले एसिया–प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न मद्दत गर्ने उनको भनाइ छ।

उनले पारस्परिक सम्मानमा आधारित द्विपक्षीय सम्बन्धलाई पुनर्विचार गर्न र सही बाटोमा ल्याउन चीन इच्छुक रहेको बताए ।

भेटमा वाङ यीले अष्ट्रेलियाको नयाँ सरकारले दुई देशबीचको सम्बन्धलाई सुदृढ र पारस्परिक रूपमा लाभदायी बनाउने आशा राखेका थिए ।

उनले अष्ट्रेलियासँग मतभेद बढाउने कुनै मनसाय नरहेको स्पष्ट पारेका थिए। अष्ट्रेलियाको पुरानो सरकारलाई निशाना बनाउँदै वाङ यीले केही वर्षयता दुई देशबीचको तनावपूर्ण सम्बन्धका लागि चीनलाई प्रतिद्वन्द्वी वा धम्कीका रूपमा हेर्ने पुरानो सरकार जिम्मेवार रहेको बताए ।

गत मे महिनामा अस्ट्रेलियामा भएको संघीय निर्वाचनमा लेबर पार्टीले जित हासिल गरेको थियो। यसअघि कन्जरभेटिभ पार्टीका स्कट मौरिसन अष्ट्रेलियाका प्रधानमन्त्री थिए ।

सिड्नीमा भव्यतापूर्वक मनाईयो २०९ औं भानु जयन्ती एवं साहित्यिक कार्यक्रम