MENU

अष्ट्रेलिया बिरुद्ध हुने प्रतिश्पर्धाका लागि नेपाली खेलाडीहरूलाई “बन्द प्रशिक्षण”

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलिया सँगको अवे खेलका लागि १८ फागुनदेखि क्लोज क्याम्प शुरु गर्ने जनाएको छ । अष्ट्रेलियाको मैदानमा नेपाल ५–० ले पराजित भएको थियो । तर, घरेलु मैदान दशरथ रंगशालामा हुने खेल आफ्नो पक्षमा पार्नेगरी तयारी गरिने एन्फाले जनाएको छ ।

एन्फाले भर्खरै सकिएको शहीद स्मारक ए डिभिजन लिगमा खेलाडीहरुले देखाएको प्रदर्शनको आधारमा प्रारम्भिक टीम तयार पारेको छ । प्रारम्भिक ३१ सदस्यीय टीममा दर्शन गुरुङ, आशिस लामा र एरिक बिष्टलाई पहिलो पटक अवसर पाएका हुन् ।

शनिबार सकिएको शहीद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले यी तीन खेलाडीलाई प्रारम्भिक टीममा राखिएको छ । तर, उत्कृष्ट गोल रक्षक बनेका दीप कार्कीलाई भने टीममा समावेश गरिएको छैन ।

कुवेत विरुद्धको टीममा नपरेका अञ्जन बिष्टलाई पुनरागमन गराइएको छ । तर, बिमल घर्तिमगर र दिनेश राजवंशीलाई भने टीममा राखिएको छैन । बिष्ट, घर्तिमगर र राजवंशीलाई कुवेत विरुद्धको खेलका लागि भुटान जानु अघिल्लो राति क्लबमा गएको भन्दै अखिल एन्फाले निलम्बन गरेको थियो ।

अञ्जन ४५ दिनको निलम्बनमा परेकाले ए डिभिजनका केही बाहेकका खेल खेल्न पाएका थिए । तर, बिमल भने ९० दिनको निलम्बनमा परेकाले अन्तिम एक खेल मात्रै खेल्न पाए ।

टीममा विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, दिलेन मोक्तान, विशाल राई (बी), शेशेहाङ आङदेम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पजन उपर्कोटी, एरिक बिष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आषिश लामा र बिमल राना छन् ।