MENU

अस्ट्रेलियाबाट नेपाल फर्कने यात्रुहरु सिधै घर जान पाउने

The Nepal Airlines repatriation flight from Sydney to Kathmandu, Nepal

सिड्नी । नेपाल एअरलाइन्सको चार्टड फ्लाइटमा यही मंगलबार नेपाल फर्कने यात्रुहरु होटल क्वारेन्टिनमा बस्न नपर्ने भएको छ ।

अस्ट्रेलियामा कोरोना भाईरसको पिसिआर जाँच गरि नतिजा नेगेटिभ आएका यात्रुहरुलाई बिमान स्थलबाट सिधै होम क्वारेन्टिनमा पनि पठाउने ब्यवस्था गरिएको भन्ने जानकारी प्राप्त भएकाे  अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

राजदुत दाहालका अनुसार सिधै होम क्वारेन्टिनमा जान योग्य यात्रुको कोरोना भाईरसको पिसिआर परिक्षण गरेको एक साता बितेको हुनु हुँदैन ।

अस्ट्रेलियाले देशभरी कोरोना भाईरस नियन्त्रणमा उल्लेख्य प्रगति गरेको र न्युन जोखिम रहेकाले यहाँबाट फर्कने यात्रुहरुलाई सिधै घरमा गएर १४ दिन क्वारेन्टिनमा बस्ने ब्यवस्था गरिएको छ ।

कोभिड -१९ संकट ब्यवस्थापन संचालन केन्द्र निर्देशक समितिको निर्णय अनुसार विदेशबाट फर्केका सबै नेपालीहरुले अनिवार्य रुपमा १४ दिन सरकारले तोके अनुसारको होटल वा होम क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ ।

सिड्नीबाट नेपाल फर्कने दुई सय ५८ जनाले टिकट काटे

यही मंगलबार सिड्नीबाट काठमाडौं फर्कन दुई सय ५८ भन्दा बढी यात्रुले टिकट काटेका छन् । क्यानबेरा स्थित नेपप्लिज दुतावास स्रोतका अनुसार सिड्नी काठमाडौं फ्लाईटको तयारी पुरा भएको छ ।

दुतावासका अनुसार बिदेशबाट नेपाल फर्कने सबै यात्रुले कोभिड -१९ क्राइसिस सेन्टरको आगन्तुक फारम भर्न अनुरोध गरिएको छ । कोभिड -१९ क्राइसिस सेन्टरको वेभसाटबाट यो फारम डाउनलेड गर्न सकिन्छ ।

याे पनि पढ्नुहाेस ।

https://nepaleseaustralian.com.au/archives/3389

https://nepaleseaustralian.com.au/archives/3287