MENU

अनलाईनबाटै अस्ट्रेलियाकाे संसद् बैठक

Nepalese Australian
Photo by Aditya Joshi on Unsplash
Photo by Aditya Joshi on Unsplash

क्यानबेरा । अस्ट्रेलियाको इतिहासमा पहिलो पटक सांसदहरुले क्याबेराको संसद भवनमा उपस्थित नभई संसदीय प्रक्रियामा सहभागी हुने भएका छन् ।

कोरोना भाईरसको महामारीका कारण प्रत्यक्ष बैठक नबसि टाढैबाट अनलाईन मार्फत संसदको कारवाही अघि बढाउने निर्देशिका महन्यायधिवक्ता क्रिस्टिएन पोर्टले बिहिवार जारी गरेका थिए ।

संसदीय कारवाही हुँदा सांसदहरुले कुनै विधेयकको पक्ष वा विपक्षमा मतदान गर्न पाउने छैनन् । तर प्रश्न उत्तर समयमा भागलिन र कुनै विषयमा भएको बहसमा सहभागि हुन सक्ने छन् । कुनै मोसनलाई पारित गर्न वा समर्थन गर्न पनि सम्भन हुदैन ।

सांसदहरुले संसदिय कार्यालयले उपलब्ध गराएको भिडियो सुबिधा प्रयोग गरेर मात्र संसदिय प्रक्रियामा भाग लिन सक्नेछन् । संसदहरुले अनलाइन मार्फत ब्यक्त बिचारहरु (संसदीय अभिलेख) ह्यानसर्डमा राखिने छ ।

परिक्षणको रुपमा गरिएको यो अनलाइन संसदलाई सरकारले स्वागत गर्दै राष्ट्रिय सरोकारका मुद्दामा नीतिनिर्माताहरु विषम अवस्थामा पनि सहभागि हुन मद्दत पुग्ने बताएको छ ।

आउने सोमबार २४ अगस्ट देखि दुई हप्ताको लागि अस्ट्रेलियाको संघिय संसदको सिनेट र हाउस अफ रेप्रिजेन्टेटिभका बैठकहरु बस्दैछन् ।