मान्छे दु:खि हुन्छ , किनकि उसले सुख नभेटेर होईन बरू आफु सँङ्गै भएको सुख नचिनेर । यस्तै उ गरिव हुन्छ , किनकि उ सँग धन नभएर होइन बरू आफु सँग भएको दौलत चिन्न नसकेर । दु:ख र सुखको सम्बन्ध पाउनु र नपाउनु सँग हैन , चिन्नु र नचिन्नु सँग हुन्छ । टोपामाइन , इन्डोर्स्फिन नामको रसायन जब मानिको दिमागमा निस्कन्छ तब उ जस्तोसुकै अवस्थामा पनि सुखि हुन्छ । यो रसायन वाह्य बस्तु भन्दा पनि विचार बाट उत्पन्न हुन्छ ।
धनी हुंदा पनि दुखि रह्ननु , वा चर्चित ब्यक्तित्व भएर पनि निरास हुनु यसैको कारण हो । यसैले आत्महत्य गर्ने ब्यक्तिहरू धनी भनिएका देशमा बढि भेटिन्छ । जे विचार आउंछ त्यसमा सकारात्मक तवरले सोच्न सक्ने तरङ्गको बिकास गर्दै जांदा सुख त्यतिकै घटित हुन्छ । सकारात्मक सोच बढाउंदै जांदा , त्यस्तो सम्यक ब्यक्तिले संसारमा दु:ख हुनु पर्ने कारणै भेट्दैन । अनि खुशी नहुने कुनै कारणै भेट्दैन । जब कुनै पनि घट्ना घट्र्छ , परिस्थिति आउंछ , तब त्यसमा के राम्रो कुरा भेट्न सकिन्छ भनेर खोज्ने बनी पर्यो भने सकारात्मक रसायन हरू विस्तारै बढ्न, थालछन्। संसारको दु:ख भुल्न कोहि नसा पिउंछन् , कोहि यस्तै कुनै आनन्दको सहारा खोजि गर्छ्न। तर यो सहारा दीर्घकालिक हुंदैन । तसर्थ हिन्दिमा एउटा भनाइ छ ;
जीवन खुवसुरत है ,हमको जिना नहि आता
नसा तो हर चीजोमे है हमको पीना नहि आता ।।–कविर
जीवनमा खुशी लिने बस्तुहरू तपाईं भित्रै र वरिपरि छन् , मात्र आफुलाई अरू सँग तुलना गर्न छाड्नु भयो भने यसले तपांलाई आफु सँग जे छ , त्यसैमा खुशी हुने स्थिमा पुर्यांउंछ । त्यस पछि मलाई मैले नै चिन्नु छ , यो भाव अगाडि आउन साथ दु:ख हराउंदै जान्छ , घाम झुल्के पछि अध्यांरो विलिन भए झैं । म को हूँ?सानो सानो सुस्म कोषिकाहरुको संरचनाले बनेको यो शरीर जसलाई हामी मेरो शरीर (म ) भनिरहेका छौं l म यो शरीर होइन , यो शरीरलाई हेर्ने,चलाउने मन पनि म होइन , यो अहंकार ,घमण्ड , विचार पनि म होइन , यो स्वास ,शक्ति जसले शरीरलाई चलायमान गराईरहेको
छ त्यो पनि म होइन lत्यसो भए म को हूँ ? यी सबै यहि आकाश बाट उत्त्पति भएको र यहि अवस्थित यो स्थिति पनि म होइन यो सारा ब्रमाण्ड पनि म होइन ,
जब मैं था तब हरी नहीं, अब हरी है मैं नाही |
सब अँधियारा मिट गया, दीपक देखा माही ||
त म को हू.?
म त केवल चेतना मात्र हूँ मात्र चेतना र त्यो पनि यस महा चेतनामा विलीनभए पछि मेरो औचित्य नै सबै महाचेतना भयो l म नै महा चेतना हूँ, यसलाई केवल महसुस मात्र गर्न सक्छुl यो सारा अस्तित्व नै म हूँ l यो अस्तित्व सधै रही रहन्छ lन यसको भुत थियो न भविष्यत यो त वर्तमान मै चलिरहेको छ , न यो जन्मेको हो न मर्ने छ , यो त सदा सर्बदा चलिरहन्छ, रहिरन्छ l जिन्दगीको भाग दौडमा मानिसलाई यो कुरा थाहै हुदैन कि उसलाई ओढाउने कात्रो पनि बजारमा,आइसकेको हुन्छ ! त्यसैले सबै कुरा बिर्सनु तर एकदिन मर्नुछ भन्ने कुरा कहिल्यै नविर्सनु।। जिन्दगिमा सुखि हैन सन्तुष्टि हुन जान्नुपर्छ। एउटा घर बन्न कङ्क्रिट बालुवा,सिमेन्ट र बाङा टिङा ढुङ्गा अावश्यकता पर्छ । ती सबैलाई अाकर्षण संयाेजन गरेपछी नै राम्राे घर बन्छ । जिन्दगी पनि पसिना, दुख सुख, तनाव , हाँसाे ,मिलाउंदै लगेपछी सुन्दर बन्छ । मेरा पाइलाहरु पनि अाफ्नाे जिन्दगीलाई अाफुले बनाउने घर जस्तै सुन्दर बनाउन दु:ख सुखको राजामार्गको यात्रा गरिरहेको सम्झनुहोस् ।
खुशी रहने केही ९ उपायहरु
१) हरेक पल सकरात्मक सोच्ने
२) अहिले कै वर्तमान समयमा रहने
३) आफुलाई कसैसँग तुलना नगर्ने
४) कसैको प्रगतिमा रिस, डाह , इर्स्या नगर्ने
५) अरुले केही भन्छकि भनेर नडराउने, आफ्नो आत्मविश्वास बढाउने , त्यस्तै मित्र बनाउने ।
६) कसैले केही भन्ने बितिकै आफु कमजोर भएको अनुभव नगर्ने ।
७) पहिला आफ्नो सोच , बिचार बदल्ने , हरेक दिन , हरेक घटनालाई यो राम्रैका लागि भएको हो ठान्ने
८) आफ्नो लागि समय दिने ,हरेक दिन आत्मा चिन्तनको लागि समय छुट्ट्याउने ।
९) सकिन्छ भने आफ्नै कोठा मा बसेर योग , ध्यान , प्रणायाम नियमित एउटै समयमा गर्ने
चिन्तनीया हि विपदामादावेव प्रतिक्रिया ।
न कूपखनन्ं युक्तं प्रदीप्ते वह्निना गृहे ॥
संस्क्रितमा भनीएको छ , घरमा आगो लागे पछि कुवा खन्न नलाग्नु । कुवा पहिल्यै खन्नु । तसर्थ अझै ढिला भएको छैन , आजै बाट अन्तर्मनको परिवर्तन त्गर्फ लागौं।
गुलावको बोटमा पनि कांडा हुन्छ , चम्किलो चन्द्रमालाई पनि कालो दागले छोडेको छैन । देवकोटा पनि चुरोट पिउंथे हेमिंग्वे रक्सी पिउंथे । नकरात्मकता हामी सबैभित्र हुन्छ तर हाम्रो प्रयत्न भनेको सकरात्मकताले त्यसलाई जित्नु हो ।
मानिसले आफ्नो उद्दार आँफै गर्नु पर्छ आँफैले आफु लाई बिग्रन बाट बचाउनु पर्छ किन भने मानिस आँफै आफ्नो साथी हो र आँफै आफ्नो शत्रु पनि।
अाँखाहरू पाेखरी हाेइनन, तर पनि भर्न सकिन्छ ।
मान्छेहरू माैसम हाेइनन, तर पनि बदल्न सकिन्छ ।