MENU

एन एस डब्लुमा कोरोना परीक्षण बढाइयो; कुन कुन स्थानहरू परे सरकारको निगरानीमा ?

अस्ट्रेलियामा हालसम्म २४ हजार ४ सय ७ जना कोरोना सङ्क्रमित भइसकेको तथ्याङ्क छ । तीमध्ये ४ सय ७२ जनाको मृत्यु भएको छ भने हाल ३१ जना भेन्टिलेटरमा तथा ४७ जना आइसियुमा रहेका छन् । हालसम्म १७ हजार ८ सय ५४ जना कोरोना सङ्क्रमितहरू निको भइसकेका छन् । 

COVID-19 testing resources in Nepali language developed by South Eastern Sydney Local Health District

सिड्नी । न्यू साउथ वेल्स राज्यमा कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘न्यू साउथ वेल्स हेल्थ’ ले थप केही स्थानहरूमा आफ्नो निगरानी बढाएको छ । साथै सरकारले निगरानी बढाइएका स्थानका वासिन्दालाई कोरोना परीक्षण गर्नका लागि आग्रह समेत गरेको छ ।

‘कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै यदि तपाईंले कुनै पनि निम्न सबर्ब वा स्थानीय इलाकाहरूमा गत दुई हफ्तामा जानुभएको छ भने सामान्य किसिमका लक्षणहरू देखा परे पनि कृपया कोरोना परीक्षण गर्नुहोला’, न्यूसाउथवेल्स हेल्थले उल्लेख गरेको छ ।

राज्य सरकारले निगरानी बढाएकाे स्थानहरू निम्न रहेका छन्ः

– क्यामबेलटाउन एलजिए
– क्यानटरबरी ब्याङ्सटाउन एलजिए
– कम्बरल्याण्ड एलजिए
– सिड्नी सिटीका पूर्वी क्षेत्र एलजिए
– फेयरफिल्ड एलजिए
– गिलफोर्ड
– हन्र्सबीसायर एलजिए
– द हिल्स एलजिए
– लिभरपुल एलजिए
– मेरिल्याण्ड्स
– न्युक्यासल एलजिए
– पारामाटा एलजिए
– वोलोवोरा एलजिए

यी मध्ये केही स्थानहरू नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको क्षेत्रहरू पनि पर्दछन् । न्यू साउथ वेल्स राज्यमा गत २४ घण्टामा जम्मा १ जना नयाँ कोरोना सङ्क्रमित देखा परे पनि श्रोत पत्ता नलागेका केही केसहरू समुदायमा हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै केही स्थानमा सतर्कता बढाइएको सरकारी पक्षको दाबी छ ।

अस्ट्रेलियामा कोरोना तथ्याङ्क

अस्ट्रेलियामा हालसम्म २४ हजार ४ सय ७ जना कोरोना सङ्क्रमित भइसकेको तथ्याङ्क छ । तीमध्ये ४ सय ७२ जनाको मृत्यु भएको छ भने हाल ३१ जना भेन्टिलेटरमा तथा ४७ जना आइसियुमा रहेका छन् ।

त्यसैगरी ६ सय ४८ जना कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना भएका छन् भने ४ हजार ६ सय ७७ जना वटा ‘एक्टिभ केस’ रहेका छन् । हालसम्म १७ हजार ८ सय ५४ जना कोरोना सङ्क्रमितहरू निको भइसकेका छन् ।

तलको लिंकमा गएर कोभिड १९ परिक्षण क्लिनिकहरु हेर्न सकिन्छ ।

https://www.nsw.gov.au/covid-19/how-to-protect-yourself-and-others/clinics#covid-19-clinics