MENU

कागजात छुट्ला है ! चार्टर्ड उडानमार्फत यात्रा गर्नुपूर्व ध्यानगर्नुपर्ने कुराहरु

सिड्नी । अस्ट्रेलिया स्थित नेपाली दुतावासले मंगलवार सिड्नीबाट चार्टर्ड उडानमार्फत नेपाल जान चाहने यात्रुहरुले पिसीआर परिक्षणमा नेगेटिभ आएको कागजात अनिवार्य रुपमा बोक्नुपर्ने जनाएको छ ।

दुतावासले सोमबार यात्रा गर्नुपूर्व ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराउदै पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएको देखाउन नसक्ने यात्रुलाई यात्रा गर्न नदिइने स्पष्ट पारेको छ ।
यसका साथै पासपोर्ट, यात्राका लागि चाहिने कागजात र हवाई टिकट पनि अनिवार्य बोक्नुपर्ने जनाएको छ ।

दुतावासका अनुसार बिदेशबाट नेपाल फर्कने सबै यात्रुले कोभिड (१९ क्राइसिस सेन्टरको आगन्तुक फारम अनिवार्य भर्न अनुरोध गरिएको छ । कोभिड (१९ क्राइसिस सेन्टरको वेभसाटबाट यो फारम डाउनलेड गर्न सकिन्छ ।

साथै अअस्ट्रेलियामा स्थायीबसोवास भएका यात्रुहरुले यात्रा गर्दा अस्ट्रेलिययन वोर्डर र्फोसबाट यात्राका लागि अनुमति प्राप्त गरेको कागजात समेत साथमै बोक्नुपर्ने जानकारी गराईएको छ ।

यसका अलावा नेपाल प्रवेश गर्दा नेपाल सरकारको नियमको पालना गर्नुपर्ने, १४ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने तथा त्यसका लागि लाग्ने सम्पूर्ण खर्च आफैले व्योहोर्नुपर्ने पनि जानकारी गराइएको छ ।

तर नेपालको सरकारी अधिकारीले स्वास्थ्य अवस्था हेरेर आफ्नै घरको क्वारेन्टिनमा बस्न अनुमति दिन सक्ने पनि उल्लेख गरेको छ ।