MENU

कालोबजारीको आरोपमा पक्राउ अग्रवालको कूटनीतिक सुविधा खोसियो

काठमाडौं– कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालको कूटनीतिक सुविधा खोसिएको छ।

आज परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कूटनीतिक नम्बरको झण्डावाल गाडीमा गैरकानुनी काम भएको भन्दै तत्कालका लागि सुविधा खारेज गरेको जनाएको हो।

सुविधा खोसिएको जनाए पनि परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा अग्रवालको नाम उल्लेख छैन।

अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत हुन्।

ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका सञ्चालकसमेत रहेका अग्रवाल मंगलबार पक्राउ परेका थिए।