MENU

कोरोनाका कारण नेपालमा थप पाँच जनाको ज्यान गयो मृतकको संख्या ६३

नेपालमा वितेको २४ घण्टामा ५ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

विरगजं र विराटनगरमा दु—दुइजना र काठमाडौंमा एक जनाको कोरोनाको कारण ज्यान गएको हो ।

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ।

मनमोहन अस्पतालबाट १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो ।

त्यस्तै मोरङमा ज्यान गुमाएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षका ती पुरुषको भने अस्पताल ल्याउने क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको थियो ।

त्यस्तै कोरोना संक्रमणबाट वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको छ।

४६ बर्षीय एक पुरुषको मृत्यु वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

साउन १८ गते कोरोना संक्रमण परीक्षण गराएका उनमा संक्रमण पुष्टि भएको थियो । उनको आज विहान मृत्यु भएको हो ।

त्यस्तै १९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा पनि कोरोना संक्रमाण पुष्टि भएको छ ।

झाडावान्ता भएपछि सोमबार नेशनल मेडिकल कलेज लगिएको पु¥याए लगत्तै ज्यान गुमाएकी उनको स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। मृतकको घर पोखरिया–८ जगतपुर हो ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।