MENU

कोरोनाका कारण पोल्यान्डको राष्ट्रपतिय चुनाव स्थगित

कोरोना महामारीका कारण पोल्यान्डको राष्ट्रपतिय चुनाव स्थगित भएको छ ।

सत्तारुढ गठबन्धन दलहरुले चुनावको अर्को मिति नतोकिकनै निर्वाचन सरेको जनाएका छन् ।

सत्तारुढ ‘कानुन र न्याय’ नामक पार्टीका जारोस्ला काजिन्स्की र अर्को सहयात्री दलका नेता जारोस्ला गोविनले चुनाव स्थगित गर्दा चुनावमा भाग लिन पाउने हकको रक्षा भएको बताएका छन् ।

चुनाउको मिति धेरै पहिले तोकिएपनि महामारीक कारण तयारीको कामले भने तीव्रता पाएको थिएन ।