MENU

चाटर्ड फ्लाइटबाट नेपाल फर्किनेलाई दुताबासको आग्रह : इमेलमा सूचना प्राप्त नभएकाहरुले चाँडै सम्पर्क गर्नु

मेलबर्न, अस्ट्रेलिया ।

अष्ट्रेलियास्थित नेपाली दुताबासले, दोस्रो उडानबाट नेपाल फर्किनेलाई टिकट खरिद गर्न अनुरोध गरेको छ ।

यसअघि २६ तारिखमा हुने भनिएको तरपछि मिति परिर्वतन भई २७ तारिखमा मलबर्नबाट हुने दोस्रो उडानबाट नेपाल फर्किनेलाई टिकट खरिद गर्न दुताबासको अनुरोध छ ।

त्यस्तै इमेल प्राप्त नभएकाहरुलाई तुरुन्त दुताबासमा सम्पर्क गर्नपनि दुताबासले आग्रह गरेको छ ।

दुताबासले बिहिबार विज्ञप्ति जारी गर्दैै, नेपाल फर्किनको लागि अन्तिम कम्र्फमेसन इमेल प्राप्त गरेकालाई तुरुन्त सोही इमेलमा कम्र्फमेसन पठाउन समेत ध्यानाकर्षण गरेको छ ।

सो चाटर्ड उडानबाट नेपाल फर्किनको लागि टिकट र पिसिआर टेष्टका लागि इमेल प्राप्त गरिसकेका सबैलाई नेपाल एयरलाईन्सबाट तोकिएको एजेन्सी बोन ट्राभल एण्ड टुर्र्स प्रालिमा सम्पर्क गर्नपनि दुताबासले अपिल गरेको छ ।

त्यस्तै, यही जुन २३ मा पहिलो चार्डड फ्लाईटबाट नेपाल फर्किन टिकटका लागि रकम जम्मा गरिसकेकाहरुलाई बैकं डिपोजिट भौचर र राहदानीको कपी समेत पठाउन दुताबासले आग्रह गरेको छ।

हेर्नुहोस् दुतावासको विज्ञप्ति

यो पनि पढ्नुहोस ।

https://nepaleseaustralian.com.au/archives/3492

https://nepaleseaustralian.com.au/archives/3529