MENU

दुइवटा अस्पतालले उपचार नगर्दा एम्बुलेन्समै ज्यान गयो 

काठमाडौं, नेपाल ।

विराटनगरका दुई ठूला अस्पतालले, उपचार गर्न नमान्दा उदयपुरका एक युवकको एम्बुलेन्समै मृत्यु भएको छ ।

नोबल अस्पताल र कोशी अस्पतालले उपचार गर्न नमान्दा उदयपुरका २३ वर्षका पदम राईको एम्बुलेन्समै मृत्यु भएको हो ।

शुक्रबार दिउँसो साढे २ बजे एम्बुलेन्समा कोशी अस्पताल पु¥याइएका राइलाई चिकित्सकले उपचार गर्न नमान्दा अपरान्ह इमर्जेन्सी वार्ड अगाडि एम्बुलेन्समै मृत्यु भएको हो ।

त्यसअघि शुक्रबार नै नोबल मेडिकल कलेजले पनि उपचार गर्न नमानेपछि उनलाई कोशी अस्पताल लगिएको थियो ।

एम्बुलेन्समा रहेको शव साढे पाँच बजे मात्र अस्पतालका कर्मचारीले कोरोना जाँचका लागि भन्दै निकालेका छन् ।

कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले युवकलाई धरान रेफर गर्ने तयारी गर्दै गर्दा मृत्यु भएको दाबी गरेका छन्।