MENU

संसदले नेपालको नयाँ नक्सा पारित गरेकोमा एनआरएनए अष्ट्रेलियाको आभार

Non- Resident Nepali Association Australia

सिड्नी ।

नेपालले भारतले मिचेको नेपाली भूमी लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्साअनुसार संविधानमा रहेको निशान छाप पारित गरेपछि गैह्र आवासीय नेपाली संघ अष्ट्रेलियाले आभार प्रकट गरेको छ ।

संघका प्रवक्ता नन्द गुरुङले विज्ञप्ति जारी गर्दै, सुदुर पश्चिम कालापानीबाट भारतिय सेना फिर्ता गर्दै लिप्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक स्थापपि गर्ने अभिप्रयले हालै नेपाल सरकारले प्रकाशन गरेको नेपालको नक्सालाई संसदले पारित गरी नेपाल सरकार एवं सम्पूर्ण राजनीतिक दलहरुले देखाएको देशभक्तिप्रति नेपालका राजनीतिक दल र नेपाल सरकारप्रति आभार प्रकट गरेको हो ।

गुरुङद्धारा मंगलबार विज्ञप्तिमा अबका दिनमा भारत सरकारसँग कुटनीतिक पहल र बार्ताको माध्यमबाट समस्याको समाधान गरी नेपालीले आफ्नो भूमी उपभाेग गर्न पाउनेमा  एनआरएन अस्ट्रेलिया विश्वस्त रहेकाे उल्लेख छ ।

साथै एनआरएन अस्ट्रेलियाले, बिवादित नेपाली भूमीका बारेमा विज्ञहरुको अनुसन्धानबाट प्राप्त ऐतिहासिक प्रमाणहरु सहित दुइपक्षिय सरकारको बार्ताको माध्यमबाट टुङ्गो लगाउन सरकार सफल होस् भन्ने कामना गरेको छ ।