MENU

नेपालको कपिलवस्तुमा एकैदिन ७७ जनामा संक्रमण पुष्टि

कपिलवस्तुमा शनिबार थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले शनिबार थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कपिलवस्तुमा मात्रै कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको जानकारी दिए ।

शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला रहेको उनले जानकारी दिए।