MENU

नेपालमा इन्धनको मूल्य बढ्यो

काठमाडौं, नेपाल ।

इन्धनको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले इन्धनको मूल्य बढाएको हो।

नयाँ मुल्य अनुसार अब नेपालमा प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्नेछ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा सोहीअनुसार मूल्य समायोजन गर्न भाउ बढाएको निगमले जनाएको छ।