MENU

नेपालमा एकै दिन ४४८ जनामा संक्रमण, कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं, नेपाल ।

नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमीत पत्रकार सम्मेलनमा आज थप ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ५ हजार ६२ पुगेको छ। ती मध्ये ८७७ जना निको भएर घर गएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण हालसम्म नेपालमा १६ जनाको ज्यान गएको छ ।