MENU

नेपालमा कोरोनाका कारण हालसम्म एक विदेशी सहित ४२ जनाको मृत्यु

काठमाडौं, नेपाल ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

एक विदेशी र ४१ नेपाली गरी नेपालमा कोरोना भाइरसकै कारण ४२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण पहिलो पटक विदेशी नागरिकको ज्यान गएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा चिनकी ४९ वर्षीया महिलाको मृत्युभएको स्वास्थ्य मन्त्रालयको नियमीत पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै धनुषा जनकपुरका ६० वर्षे पुरुषको पनि, धरानमा उपचारका क्रममा मृत्युभएको, स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोनाबाट ४२ जनाको मृत्युभएको छ ।

निको हुनेको संख्या १२ हजार ६ सय भन्दाबढी

नेपालमा थप २०७ जना कोरोनामुक्त भएका छन् ।

यो सहित नेपालमा हालसम्म १२ हजार ६ सय ८४ निको भएका छन् ।

त्यस्तै एक सय नयाँ संक्रमित थपिएका छन् ।

विगत २४ घण्टामा ३ हजार ७ सय ७९ जनाको पिसिआर परीक्षण गर्दा सय जनामा संक्रमण देखिएको हो ।

हाल मुलुकभर, ५ हजार ३ सय ७० जना सक्रिय संक्रमित छन् । २० हजार ८ सय जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

विश्वभर संक्रमित साढे एक करोड

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या साढे एक करोड नाघेको छ ।

बुधबार रातिसम्म कोरोना संक्रमितको संख्या विश्वभर एक करोड ५२ लाख नाघेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै कोरोनाकै कारण विश्वभर ज्यान गुमाउनेको संख्या ६ लाख २२ हजार नाघेको वर्डोमिटरले जनाएको छ ।

त्यस्तै विश्वभर हालसम्म कोरोनाबाट संक्रमित भएका ९२ लाखभन्दा धेरै मानिस निको भएर घर फर्किएका छन् ।