MENU

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौं, नेपाल ।

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

बुधबार पर्सामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ६० पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पर्सा जिल्ला पोखरिया नगरपालिका ९ की १८ वर्षीया एक किशोरीको निधन भएको हो ।

साउन १९ गते झाडापखालाले सिकिस्त भएकी उनको नेशलल मेडिकल कलेज वीरगन्ज लाने क्रममा मृत्यु भएको थियो ।

स्वाब संकलन गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उनको साउन २० गते कोरोना पुष्टि भएको हो ।

त्यस्तै पर्सा जिल्ला वीरगन्ज महानगरपालिका बस्ने ४६ वर्षीय एक पुरुषको साउन २१ गते बुधबार कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।