MENU

नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको ज्यान गयो

नेपालमा कोरोना भाइरस कोभिड—१९को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।

भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यही जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का एक युवकको भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बिहिबार नै घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए।