MENU

नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुग्यो

आइतबार तीन जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ ।

विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।

मोरङको विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।