MENU

नेपालमा थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११७५५

काठमाडौं, नेपाल ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले, पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा १०७ महिला र ४८६ पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

५९३ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको
प्रवक्ता गौतमले बताए।

जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन्।

हालसम्म कोरोनाका कारण नेपालमा २६ जनाको ज्यान गएको छ ।