MENU

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण

नेपालमा सोमबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौं सहित ९ जिल्लामा गरि थप ७२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

सोमबार पुष्टि भएका संक्रमित धनुषाको नगराइन, कामाडौंको टोखा र बुढानिलकण्ठ, बाराको कलैया, रौतहटको राजपसर फरहदवा र इशानाथ, सप्तरीको डाक्नेश्वरी, बर्दियाको वासगढी, बाँकेको दुधवा र साप्ती सोनारी, बाराको गढिमाई, दैलेखको नारायण ढुंगेश्वर, र गुराँस गाउँपालिकाका रहेको मन्त्रालयले जनाएको छ।

संक्रमित ७२ मध्ये दैलेखकी एक महिलाबाहेक सबै पुरुष रहेको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।