MENU

नेपालमा वैशाखयता विपद्जन्य घटनाबाट १५५ जनाको मृत्यु

काठमाडौं, नेपाल ।

नेपालमा गत वैशाखयता विपद्जन्य घटनाबाट १५५ जनाको मृत्यु भएको छ। विपद्ममा परेर कूल २४९ घाइते छन् ।

त्यो मध्ये पहिरोमा परेर मात्रै कूल १०२ जनाको ज्यान गएको तथा ४६ जना हराइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनााएको छ ।

कूल ८५ जना घाइते छन् । यस्तै बाढीमा परेर छ जनाले ज्यान गुमाएको, छ बेपत्ता भएको र तीन घाइते तथा चट्याङबाट ४७ जनाको मृत्यु तथा १६१ जना घाइते भएको सरकारी तत्थ्याङ्क छ ।

मनसुन शुरु भएपछि साउन १ सम्म करीब एक महिनाका अवधिमा मात्रै कूल १२० जनाको मृत्यु, ५१ जना बेपत्ता तथा १२८ जना घाइते भएको बताइएको छ ।

यस वर्ष अहिलेसम्म कूल ६० जिल्लामा मनसुनजन्य विपद्का घटना भएको छ ।

त्यसमध्ये ३३ जिल्लामा मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म २५० भन्दाबढी विपद्का घटना भएको विवरणमा उल्लेख छ ।

गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्राधिकरणले सिन्धुपाल्चोक, कास्की तनहुँ, जाजरकोट, लमजुङ, दैलेखलगायतका जिल्लामा गरी बाढी र पहिरोका कारण १०१ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

त्यस्तै प्राधिकरणले आउदो आइतबार अर्थात साउन ४ गतेदेखि साउन ८ गतेसम्म देशभरका सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ ।

सामान्यदेखि भारीसम्मको वर्षा हुने र तराईका अधिकांश स्थानमा बाढी तथा डुबानको समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन सचेत गराइएको छ ।