MENU

नेपालले तिर्नुपर्ने ऋण ११ खर्ब ३९ अर्ब

नेपालले, दाताहरुलाई तिर्नु पर्ने ऋण ११ खर्ब ३९ अर्ब ८० करोड पुगेको छ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गर्दै नेपालले आन्तरिक ऋण ४ खर्ब ४० अर्ब ५ करोड र वाह्य ऋण ६ खर्ब ९९ अर्ब ७५ करोड पुगेको जानकारी दिएका हुन्।

यो वर्ष नेपाललाई झण्डै ९२ अर्ब ऋण थपिएको छ।

चालु आर्थिक वर्ष २०७६र७७ को फागुन महिनादेखि अर्थतन्त्र र नागरिकको आयमा तीव्र गिरावट आए पनि अर्थमन्त्री खतिवडाले प्रतिकुलताबीच गरिबीको संख्या भने दुई प्रतिशतले घट्ने दाबी गरेका छन्।

फागुनसम्म नेपाली अर्थतन्त्र ठीकै भइ पनि कोरोनापछि भने अवस्था नाजुक बन्न पुगेको जानकारी गराएका खतिवडाले उनले चालू आवमा आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने संसदलाई जानकारी दिए ।

मंगलबार संसदका दुवै सदनमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उनले पछिल्ला तीन वर्षमा आर्थिक वृद्धिदर औषत ७.३ प्रतिशत रहेको जानकारी दिए ।

यो आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा ७.५ प्रतिशतले बढेर एक लाख २६ हजार पुग्ने तथा कुल उपभोग र कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको क्रमश ८१.९ प्रतिशत र १८.१ प्रतिशत रहने अनुमान खतिवडाले प्रस्तुत गरे ।

यस वर्ष कोरोनाका कारण गत आर्थिक वर्षको तुलनामा ३.४ प्रतिशतले न्यून भई १८ खर्ब ८९ अर्ब २६ करोड हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ।