MENU

नेपाल सरकारले सार्वजनिक  गर्यो लिम्पियाधुरासहितको नक्सा

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार दिउँसो औपचारिक कार्यक्रम गरि नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन्।

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितका क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा पारित गरेको थियो।

भारतले अतिक्रमण गरेको लिम्पियाघुरा, लिपुलेक, कालापानीसहितको अध्यावधिक नयाँ नक्सा मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीले प्रमाणीकरण गरेका थिए।