MENU

न्यु साउथ वेल्सका सबै सार्वजनिक विद्यालय सोमबारदेखि पूर्णरुपमा संचालन

न्यु साउथ वेल्सका सबै सार्वजनिक विद्यालयहरु सोमबार २५ मेबाट पूर्ण रुपमा संचालनमा आउने भएका छन् ।

न्यु साउथ वेल्सकी प्रिमियर ग्ल्याडी ब्यरेजिकलिएनले गएको मंगलबारको नियमित पत्रकार सम्मेलनमा विद्यालय पूर्ण रुपमा संचालनमा आउने बताएकि थिइन ।

कोरोना भाइरसको प्रकोपका कारण बन्द भएका न्यु साउथ वेल्सका विद्यालयहरु आंशिक रुपमा २ हप्ता अघि देखि संचालन भएका थिए ।

सोमबार देखि विद्यालयमा उपस्थित नहुने विद्यार्थीको हाजिरमा गयल चिन्ह लगाउने पनि प्रिमियरले जानकारी गराएकी छन् ।

विशेष स्वास्थ अवस्था भएका अभिभावक र विद्यार्थीले आफ्नो विद्यालयलाई जानकारी गराउन पनि राज्यको शिक्षा बिभागले अनुरोध गरेको छ । विद्यालयले कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कताका साथ सरसफाइमा ध्यान दिनुपर्ने बताईएको छ ।

यसैबीच सल्लाह नै नगरि विद्यालय पूर्णरुपमा संचलन गर्न लागेको भन्दै न्यु साउथ वेल्स् शिक्षक माहसंघले गुनासो गरेको छ ।