MENU

पाकिस्तानमा यात्रुवाहक विमान दुर्घटना

पाकिस्तान अन्तराष्ट्रिय एयरलाइन्स पीआईएको ए३२० एयरबस शुक्रबार कराँचीस्थित जिन्नाह अन्तराष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको छ ।

विमान लाहोरबाट कराँचीका उडेको विमान अवतरणका क्रममा दुर्घटना ग्रस्त भएको हो ।

पीआईएका प्रवक्ता अब्दुल सत्तारले दुर्घटनाको पुष्टि गर्दै विमान नम्बर ८३०३ मा ९० यात्रु र ८ जना चालक दलका सदस्य रहेको जानकारी दिएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।

बीबीसीले, सो विमान दुर्घटना हुने वित्तिकै आपतकालिन सेवाका सदस्य घटना स्थल पुगेको र अहिलेसम्म कुनैपनि मानवीय क्षतिको विवरण प्राप्त नभएपनि, धेरैको मृत्यु भएको हुक्ने आशंका गरिएको जनाएको छ ।

सामाजिक सञ्जालमा दुर्घटनास्थलबाट बाक्लो धुँवाको मुस्लो निस्किरहेको देख्न सकिन्छ ।

कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिएको केही दिनमा नै यो दुर्घटना भएको हो ।

यसअघि, सन् २०१६ मा पाआईए कै विमान उत्तरी पाकिस्तानबाट इस्लामावादसम्मको उडान भर्ने क्रममा आगलागी भएर ४७ जनाले जयान गुमाएका थिए ।