MENU

प्रचण्डका निजी सुरक्षा दलका ६ जनालाई कोरोना संक्रमण, प्रचण्डको रिर्पोट नेगेटिभ

काठमाडौं, नेपाल ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको नोवेल कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।

प्रचण्ड, उहाँका परिवारका सदस्यहरूसहित ५३ जनाको कोरोना परीक्षण गर्दा परिवारका सदस्यको परीक्षण रिर्पोट नगेटिभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक संजालमार्फत जानकारी दिएकी हुन् ।

‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोभिड–१९ स्वाब परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । ६ जना बाहेक हामी सबैको रिर्पोट नेगेटिभ आएको जानकारी गराउँदछु ।’ उनले सामाजिक सञ्जालमा लेखेकीछिन् ।

संघीय संसदका प्रवक्तालाई कोरोना संक्रमण

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

सो टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो।