MENU

प्रेमिकालाई लिन गएका, प्रेमीको गाउँलेको कुटाईबाट ज्यान गयो

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेहरुको कुटाइबाट एक युवाको निधन भएको छ ।

आफ्नै प्रेमिको बोलाएपछि, १९ जना साथिहरु लिएर प्रेमीकाको गाउँ पुगेका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको शनिबार राति गाउँको कुटाईबाट मृत्यु भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको र बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको उनको भनाई छ ।

नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको र सुष्माकै आग्रहमा नवराजले १९ युवा लिएर जाजरकोटबाट शनिबार बेलुकी सुष्माको गाउँ साेती पुगेका  थिए ।

तर केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको बताइएको छ।

दुवै समूहबीच छलफलसमेत भएपनि जात नमिल्ने भन्दै सुस्माका परिवारले सो सम्बन्धलाई अस्वीकार गर्दै आएको बताइएको छ ।