MENU

नेपालमा माक्स प्रयोग नगर्ने २ लाख कारबाहीमा

काठमाडौं, नेपाल ।

सरकारले, माक्स प्रयोग नगर्ने दुइलाख मानिसलाई कारबाही गरेको छ ।

नियमीत पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका विभिन्न ठाउँमा मास्क प्रयोग नगर्ने २ लाख मानिसलाई कारबाही गरिएको जानकारी दिए ।

त्यस्तै उनले माक्स प्रयोग नगरि हिड्ने १६ हजार भन्दाबढी मानिसलाई माक्स वितरण गरिएको बताए ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन माक्सको प्रयोग अनिवार्य गर्न आग्रह गदै आएपनि त्यसको पालना भएको देखिएको छैन् ।