MENU

मेलबर्न यात्राबारे पूनर्बिचार गर्न न्यु साउथ वेल्स सरकारको आग्रह

NSW Health
Photo: NSW Government Facebook

न्यु साउथ वेल्स राज्य सरकारले छिमेकि भिक्टोरिया राज्यको भ्रमणबारे पूनर्बिचार गर्न सुचना जारी गरे को छ ।
भिक्टोरियाको मेल्बर्न र अन्य शहरहरुमा कोरोना भाइरसका बिरामीहरु बढेको ले यस्तो सुचना जारी गरिएको न्यु साउथ वेल्स हेल्थले जनाएको छ ।

न्यु साउथ वेल्स राज्य सरकारले पछिल्ला दिनमा मेल्बर्नमा सन्क्रमितहरु बढ्दै गएकोले नागरिकहरूलाइ सुरक्षित रहन सचेत गरेको हाे ।  कोरोना भाइरस प्रभाबित नगरहरुबाट सिड्नी फर्किएको कोही भएमा १४ दिन सेल्फ आइसोलेसनमा बस्न र कुनै लक्षणहरु देखिएमा तुरुन्त परिक्षण गर्न पनि सुझाव दिएको छ ।

भिक्टोरिया राज्यबाट फर्किएकाहरुलाई बृद्ध स्याहार केन्द, अस्पताल, आफ्नो छरछिमेक , र जोखिममा रहेका मानिस जम्म हुने स्थानमा नजान पनि भनिएको छ ।

मेलवर्नका विभिन्न स्थानिय नगर क्षेत्रहरुमा प्रत्येक दिन संक्रमितको संख्या बढ्दै छ । २७ जुन शनिवार ४१ जना नयाँ कोरोन संक्रमित भेटिएको भिक्टोरिया हेल्थ तथा ह्युमेन सर्भिसेजले नियमित पत्रकार संम्मेलनमा जानकारी दिएको थियो । राज्यका कोरोना भाइरस प्रभाबित इलाकाहरुमा हुम, बृमब्यान्क, क्यासे, डेराबिन, मोर्ल्यान्ड र कार्डिनिया रहेको बताइएको छ ।

घाँटी दुख्ने, हाच्छियु आउने, नाँक रसाउने जस्ता सामान्य लक्षणहरु देखिएमा सिड्नीमा स्थानिय कोरोर भाइरस परिक्षण क्लिनिकहरुमा गएर निःशुल्क जाँच गराउन सकिन्छ । सिड्नीमा स्थानिय कोरोर भाइरस परिक्षण क्लिनिकहरुमा बारे थाहा पाउन यो लिंकमा जानुहाेस ।