MENU

रातो मच्छिन्द्रनाथको रथारोहण हुदै

काठमाडौं, नेपाल ।

‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ ।

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए।

समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको छ उहाँले भन्नुभयो ।

तर विगतमा जस्तै चारदिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल पु¥याउने परम्पराबारे के गर्ने भन्ने टुङ्गो लागी नसकेको उहाँको भनाई छ ।

रथारोहणका लागि हिजो पुल्चोकमा ३२ हात लामो धःमा, बाराहीले आवश्यक सुनको झ्याल र रथमा चाहिने तोरन राख्ने काम सम्पन्न गरिएको छ ।