MENU

लक डाउनमा रोकिएका पूर्व राजा काठमाडौं फर्किए

लक डाउनका कारण लामो समयदेखि झापामै रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौंँ  फिर्ता भएका छन् ।

कोभिड –१९ रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नु अघिदेखि शाह झापामै रोकिएका थिए ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको जानकारी दिए । पूर्वराजा शाहका तर्फबाट उहाँको सचिवालयले काठमाडौंँ जानका झापा जिल्ला प्रशासन कार्यालयमा इमेलबाट निवेदन पठाएको थियो।

दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट हिजो काठमाडौं फर्किन खोजेपनि पास नपाएपछि उही रोकिएका शाह शुक्रबार बिहान पास लिएर काठमाडौं फर्किएका हुन् ।