MENU

विभिन्न देशमा अड्किएका ३ हजार ३४ नेपाली स्वदेश फर्किए

काठमाडाै,  नेपाल ।

कोरोनाका कारण विभिन्न देशमा अड्किएका ३ हजार ३४ नेपाली स्वदेश फर्किएका छन्।

शुक्रबारसम्म सबैभन्दा बढी कुवेतबाट ८ सय ९८ जना फर्किएका छन्।  उनिहरु अधिकांश महिला छन्।

त्यस्तै यूएईबाट ४ सय ३३, बंगलादेशबाट ४ सय १५, मालदिभ्सबाट ३ सय १०, मलेसियाबाट एक सय १८, ओमानबाट तीन सय १३, थाइल्यान्डबाट २ सय ४८,साउदी अरबबाट एक सय ५३, कतारबाट ४३, म्यानमारबाट २६ जना, जापानबाट १३ जना, अस्ट्रेलियाबाट ११ जना हङकङबाट ७ जना र जर्मनीबाट १ जना नेपाल फर्किएका छन्।

आजसम्म अधिकासं नेपाली विदेशी सरकारले नै चार्टड गरि पठाएका हुन् ।

नेपालबाट यात्रु लिएर गएको नेपाल एयरलाइन्सले जापान , अस्ट्रेलियाबाट र हङकङबाट फर्कँदा मात्रै त्यहाँ रहेका केही नेपाली लिएर आएको हो ।

पहिलो चरणमा विदेशमा अलपत्र रहेका २५ हजार नेपालीलाई ल्याउने सरकारी तयारी गरेको कोरोना भाइरस संकट व्यवस्थापन-सिसीएमसी जनाएको छ ।