MENU

विभिन्न मुलकबाट एकैदिन १४६६ जना नेपाल फर्किए

काठमाडौं, नेपाल ।

विभिन्न मुलुकबाट विहिबार एकैदिन १४६६ जना नेपाली नेपाल काठमाडौं फर्किएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज एक दर्जन उडानबाट यो संख्यामा नेपाली घर फर्किएका हुन् । विहिबार नेपाल एयरलाइन्सले रियादबाट २५९, र दमामबाट १ सय ४४ नेपालीलाई काठमाडौं ल्याएको छ ।

हिमालय एयरलाइन्सले दमामबाट १५४ र दोहाबाट १ सय ५७ जनालाई घर फर्काएको छ ।
एयर अरेवियाले सारजहाबाट पहिलो उडानबाट १६८ र दोस्रो उडानबाट १ सय ६६ नेपालीलाई घर फर्काएको छ ।

त्यस्तै मालिन्दो एयरले क्वालालाम्पुरबाट १७८ जनालाई काठमाडौं ल्याएको छ भने टर्किस एयरलाइन्सले इस्तानबुलबाट ७६ जना यात्रु नेपाल ल्याएको छ।