MENU

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार नाघ्यो रुसमा कोरोना संक्रमण बढ्दै

कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको सख्ंया २ लाख ९२ हजार नाघेको छ ।

वर्डोमिटरको तथ्याङ्क अनुसार बुधबार विहानसम्म विश्वभर २ लाख ९२ हजार ३ सय ६० भन्दा बढीको ज्यान गएको छ भने विश्वभर ४३ लाख ६३ हजार ८ सय भन्दाबढी संक्रमित भएका छन् । हाल सम्म १५ लाख ९४ हजार मानिस निको भएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा ८३ हजार ३ सय ६८ जनाको ज्यान गएको छ । त्यहाँ १४ लाख ८ सय भन्दा बढी मानिस संक्रमित भएका छन्।

रुस कोरोना भाइरसका कारण प्रभावित मुलुकको दोस्रो स्थानमा उक्लिएको छ।

वितेको २४ घण्टामा, रुसमा १० हजार ८ सय ९९ मानिसमा कोभिड संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या २ लाख ३२ हजार भन्दा बढी भएको रुस अमेरिका पछि सबैभन्दा लगातर सबैभन्दा धेरै संक्रमण हुने मुलुक बनेको छ।

रुसमा वितेको १० दिनदेखि संक्रमितको संख्या दैनिक १० हजार भन्दा माथि छ।

यो संख्या बेलायत, स्पेन, इटली र फ्रान्सको भन्दा बढी हो । मृतकको संख्या भने रुसको भन्दा यी मुलुकको बढी छ ।

तर पछिल्लो समय संक्रमण भने रुसमा दु्रत गतिमा फैलिएको छ ।

यद्दपी रुसमा ज्यान गुमाउनेको संख्या भने २१ सय मात्रै नाघेको छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवलाई पनि कोरोना पोजेटिभ देखिएको स्थानीय संचार माध्यमहरुलाई उद्धतगर्दै बीबीसीले जनाएको छ।