MENU

साईबर आक्रमणको उच्च जोखिममा अस्ट्रेलिया : प्रधानमन्त्री  मोरिसन

Source AAP

क्यानबेरा । प्रधानमन्त्री  स्कट मरिसनले साईवर आक्रमणकर्ताले देशका विभिन्न संस्थाहरुमा आक्रमण गरेको खुलासा गरेका छन् ।

सरकारी संस्था तथा मुख्य सेवा प्रदायक संस्थाहरुमा आक्रमण भएको प्रधानमन्त्री मरिसनले बताए पनि उनले आक्रमण कसले गरेको  हाे भनेर जानकारी दिन अस्विकार गरे । तर उनले कतिपय देशमा यस्ता साइवर आक्रमण गर्न सक्षम भएको बताए ।

“हाम्रा साईवर विज्ञहरुले मलाई दिएको सुभावका अनुसार अस्ट्रेलियान संस्थाहरुमा संगठित साईवर आक्रमण भईरहेको छ । र संगठित साईवर आक्रमणकारीले अस्ट्रेलियाको सबै तहको सरकार, उद्योग, राजनीतिक संस्थाहरु, शिक्षा, स्वास्थ्य तथा अन्य मुख्य सेवा प्रदायक संस्थाहरुमा आक्रमण भईरहेका छन,” प्रधानमन्त्री मरिसनले खुलासा गरे ।

उनले आक्रमणको स्तर र प्रकृति हेर्दा यो संगठित साईवर आक्रमण भएको तथा सो आक्रमण निरन्तर रुपमा बढिरहेको समेत जनाए । अस्ट्रेलियाको जासुसी संस्था अस्ट्रेलियन सिग्नलस् डिरेक्टोरेटले देशको सरकार तथा विभिन्न संस्थाहरुमा संगठित साईवर आक्रमण भईरहेको दावी गरेको छ ।

नक्कली वेवसाईट बनाएर प्रयोगकर्ताको विवरण चोर्न, फाईलमा भाईरसको आक्रमण गर्ने तथा प्रयोग कर्ताले कुन समयमा ईमेल प्रयोग गर्ने गरेको बारे निगरानी गरिरहेको जासुसी संस्थाले जनाएको छ ।