MENU

१३ हजार कोरोना संक्रमित उपचारपश्चात् घर फर्किए

चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित १२ हजार ९ सय ६६ जना उपचारपश्चात् घर फर्किएका छन् ।

 

 

चिनियाँ स्वास्थ्य आयोगका अनुसार सोमबारमात्रै १ हजार ७ सय जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

 

कोरोना भाइरसबाट अहिलेसम्म चीनमा १८ सय ७४ जनाको मृत्यु भएको छ भने ७३ हजारभन्दा बढी संक्रमित छन् ।

 

 

आयोगका अनुसार सोमबारमात्रै यो भाइरसबाट चीनमा ९८ जनाले ज्यान गुमाए । यस्तै थप १ हजार ८ सय ६९ जनामा नयाँ संक्रमण देखा परेको थियो ।

 

 

गत ३१ डिसेम्बर २०१९ मा पहिलो पटक थाहा भएको कोरोना भाइरसको संक्रमण चीन बाहिर करिब ३० वटा देशमा देखा परेको छ ।

 

कोभिडबाट संक्रमितमध्ये ४६ हजार ७ सय अर्थात् संक्रमित मध्ये ८० प्रतिशत मानिस सामान्य अवस्थामा रहेको ११ हजार ७ सय ९५ अर्थात् २० प्रतिशतको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ ।

 

 

त्यस्तै १४ हजार ८ सय ४० को उपचार पूरा भएको छ, जसमध्ये १२ हजार ९ सय ६६ जना निको भएका छन् । मृत्यु हुनेमध्ये अधिकांश ८० वर्षमाथिका रहेको जनाइएको छ ।